Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते


७ माघ , काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–१ थिङलाबुका ४५ वर्षीय निमा शेर्पा (च्याब्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मिक्वाखोला गाउँपालिकाको साँवा भन्ने ठाउँबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका १८ वर्षीय सहसञ्चालक नाल्बुका सञ्जीव लिम्बूलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । चालक कृष्ण शेर्पा भने जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै