Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

२९ जेठ , काठमाडौं । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ वर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

खोलामा डुबेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु