Comments Add Comment

Advertisment

SKIP THIS

नेपालटार ट्राफिक प्रहरी प्रभाग पुनः सञ्चालन, यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा

काठमाडौं – जेन–जे आन्दोलनका कारण पूर्णरुपमा क्षति पुगेको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार ट्राफिक प्रहरी प्रभाग आजदेखि पुनः सञ्चालनमा आएको छ।

प्रभागको पुनः उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी विभागका डिआइजी ओम बहादुर राना, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी, बालाजु वृत्तका डिएसपी, साथै पूर्व एआईजी जनक भट्टराईजस्ता उच्च प्रहरी अधिकृतहरूको विशेष उपस्थिति रहेको थियो।

सो अवसरमा स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष कबिराज बस्नेत तथा समाजसेवी युवाहरूले संयुक्त पहल गर्दै औपचारिक रुपमा ताला–चाबी हस्तान्तरण गरी प्रभागलाई सञ्चालनमा ल्याएका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै डिआइजी रानाले स्थानीय सरोकारवालाको सक्रिय सहयोगबिना प्रहरी सेवाको पुनःस्थापना सम्भव नहुने भन्दै आगामी दिनमा अझ प्रभावकारी र पारदर्शी सेवासहित ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, पूर्व एआईजी जनक भट्टराईले ट्राफिक प्रहरीलाई जनमैत्री सेवा प्रवाहमा जोड दिन आग्रह गर्दै सुरक्षित, सहज र व्यवस्थित यातायात प्रणाली निर्माण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

यसैबीच, नेपालटार ट्राफिक प्रहरी प्रभाग पुनः सञ्चालनसँगै यातायात चाप, सडक सुरक्षामा देखिएका चुनौती र व्यवस्थापनमा आएको असुविधा अब न्यून हुने अपेक्षा गरिएको छ। स्थानीयले समेत प्रभाग संचालन पुनः सुरु भएपछि दैनिक यात्रु र व्यवसायीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

ट्राफिक इन्चार्ज नैन सिंहका अनुसार अब आउने दिनमा नेपालटार क्षेत्रमा अझ कडाईका साथ चेकिङ, मद्यपान नियन्त्रण तथा नियम उल्लङ्घन गर्ने सवारी साधनमा कारबाही कडाइका साथ गरिनेछ। उहाँले जनतालाई समेत नियमपालन र सहजीकरणमा सक्रिय साथ दिन आह्वान गर्नुभयो।

यससँगै, तारकेश्वर नगरपालिका क्षेत्रको यातायात व्यवस्थापन र सुरक्षा सेवामा नयाँ उर्जा संचार हुने भन्दै स्थानीयवासी उत्साहित देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै