२६ पुष , काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आभार प्रकट गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हीनताबोध गर्न नहुने बताए । “राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले पनि हीनताबोध गर्नुपर्दैन । पृथ्वी नारायाण शाह थिए र आज नेपाल राष्ट्र छ,” उनले भने ।
इतिहासका गौरवशाली दिनलाई सम्मान गरेर अघि बढ्दा पछाडि फर्किएको नहुने उनको भनाइ छ ।