काठमाडौं र ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ -
Comments Add Comment

काठमाडौं र ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट सोमबार १४ जना पक्राउ परेका छन् । काठमाडौंबाट आठ र ललितपुरबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बत्तीसपुतलीमा जुवातास खेलिरहेको अवस्थामा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ४० वर्षीय उमेश सुनुवारसहित आठजना पक्राउ परेका हुन् । सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद दुई लाख ५२ हजार ५७५ रुपैयाँ र १२ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–२५, फूलबारीमार्गस्थित सुर्खेती सेकुवा कर्नर होटेलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ घर भई ललितपुरको भैँसेपाटीमा बस्दै आएका ३० वर्षीय श्याम तामाङसहित ६ जना छन् ।

नगद ४८ हजार २७० रुपैयाँ र ६ बुक ताससहित सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै