Comments Add Comment

Advertisment

SKIP THIS

पत्रकार दिनेश सिटौलाको असामयिक निधन

काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) बाट पीडित थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला त्यहीँ बेहोस भएपछि उपचारका लागि शुक्रबार काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहे पनि चिकित्सकले आज दिउँसो १२:४५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

४३ वर्षीय सिटौलाको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने परिवार स्रोतले जनाएको छ। उनी अविवाहित थिए। उनका पिता, एक दिदी तथा दुई दाजुभाइ छन्।

सिटौला चलचित्र पत्रकारितामा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। उनले चलचित्र पत्रकार संघको पूर्वअध्यक्षको जिम्मेवारी सम्हाल्दै सयौँ नेपाली चलचित्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका थिए।

उनको निधनले नेपाली पत्रकारिता र चलचित्र क्षेत्रले एक सक्रिय र समर्पित पत्रकार गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै