Comments Add Comment

Advertisment

SKIP THIS

हिमाल शर्मालाई जिताउने लक्ष्यसहित तारकेश्वर–७ मा नेकपाको निर्वाचन कार्यालय स्थापना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं.–६ अन्तर्गत तारकेश्वर नगरपालिका वडा नं.–७ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ।

निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमार्फत मतदाता भेटघाट, जनसम्पर्क कार्यक्रम तथा संगठन विस्तारका विभिन्न गतिविधि सञ्चालन गरिने बताइएको छ।

कार्यालय स्थापना कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार क. हिमाल शर्मालाई विजयी गराउन सबै कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय रूपमा चुनावी अभियानमा जुट्नुपर्नेमा जोड दिएका थिए।

साथै क्षेत्रको समग्र विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै