Comments Add Comment

Advertisment

SKIP THIS

अस्पताल बनाउन ६० लाख सहयोग

१२ पुष काठमाडौ । मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ ।

सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गर्नुभएको हो ।

अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबारमात्र रु १४ लाख ८३ हजार ६४१ हजार हस्तान्तरण गरेको थियो । सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो ।

थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिनुभयो । स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment