
१४ मंसिर , काठमाडौ । क्यान्सर रोगबाट पीडित माओवादी केन्द्र उदयपुरका नेता भीमबहादुर अधिकारी ‘अनिल’लाई पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुले आर्थिक सहयोग गरेका छन् ।

वैदेशिक रोजगारी तथा नेपालमा रहेको पूर्वजनमुक्ति सेनाका कमाण्डरले नेता अनिललाई ३८ हजार ५ सय ३७ रुपैयाँ सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्न पूर्वजनमुक्ति सेनाका सुनिता लामा पोखरेल र दुर्गा कार्की अनिलको घर पुगेका थिए ।

अनिललाई आर्थिक सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०४०१०००२१६३५०१० मा सहयोग पठाउन अनुरोध गरिएको छ ।



