६ चैत , काठमाडौ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको छ । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ ।

सोही अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो । आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको काठमाडौं परिसर प्रहरी कार्यालय अगाडी घुइँचो लागेको छ । चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् । म्यादी प्रहरीको आवेदन यही चैत ११ गतेसम्म लिइने छ ।

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयबाट योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका योग्य व्यक्तिले चैत ११ सम्म दरखास्त दिन सक्नेछन्। आवेदन खुलेसँगै तोकिएका प्रहरी कार्यालयहरूमा इच्छुक व्यक्तिहरूको भिड लागेको छ।



