Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते

१८ मंसिर , काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

जिपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ । घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धादिङमा बस पल्टिँदा ६ जना घाइते

बारामा बस दुर्घटना : ६ जना घाइते

Advertisment