Comments Add Comment

Advertisment

SKIP THIS

हत्या आरोपमा युवक पक्राउ

१३ पुष काठमाडौ । इलाका प्रहरी कार्यालय पाटनले हत्या आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ ।

सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

गत मङ्सिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मङ्सिर १६ मा मृतावस्थामा फेला परेका थिए । टाउको र शरीरमा घाउचोट देखिएपछि बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएका थिए । लगत्तैको अनुसन्धानमा ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरी निरीक्षक शाहीले भने, ‘कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरुबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।’

हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै