संकटले नेतृत्व र नागरिकको परिक्षण गरिरहेको छ । मिसाइल र हतियारको साख कोरोनाले गिराइदियो । अहिले नेपालीलाई दुखको मूख्य कारण खराव मानिसको आतंक मात्र जिम्मेवार नभई असल र बुद्दिजीवी मानिसको मौनता पनि हो ।
कुनैपनि राजनीतिक पार्टी त्यतिखेर दिसाहीन अवस्थामा हुन्छ, जतिखेर त्यहाँ भित्र युवा नेतृत्वको सकृयता मौन रहन्छ । सायद, अहिले जुनसुकै दलहरु भित्र देखिएको तिक्तता पनि यसैको उपज हो । दलमा उमेरको सिन्डिकेट रहेसम्म र भारत या चीनपरस्त नीतिबाट टाढीएर सेल्फ प्रोडक्टिभिटीको सिद्दान्त नप्नाएसम्म देशको हालत संधैभरी यस्तै हो । एउटा साधारण किसानले त खेत बारीको बालिनाली कसरी सपार्ने भनेर दिमाग लगाएर सारा मानव जगतलाई बाँच्ने आधार तय गरेको हुन्छ भने, यो त देश संचालन गर्ने जस्तो कुरा हो । त्यसैले , राजनीतिमा पनि सवै दलका युवा नेतृत्वले समयमा नै एकजुट भई नेतृत्व लिन सक्ने क्षमता अभिबृद्दि गर्ने हो भने हरेक क्षेत्रले निकास पाउन सक्थ्यो ।
समय र परिस्थितिले अब कसैलाई पर्खिनेवाला छैन !
र नेपालको राजनीतिको यो दुरदशा र फोहोरी खेल हिजोबाट मात्र होइन । सत्ता र शक्तिको लागि कोतपर्व, भन्डारखाल पर्व, अलौ पर्वको कालो धब्बा सेलाउन नपाउदै पंच्यायत कालको त्यो कहाली लाग्दो दृश्य अनि ५२ पछिको दशक हुंदै फेरि ६२ को दिल्लीमा गएर बिसर्जन भएको १२ बुदे खारेज नभएसम्म यस्तै हो यहाँको चलन !कोही दुधले नुहाएका भएनन र ? भिजन हुनेलाई पनि अडिन दिइएन ।
तर अहिले राजनीतिक स्थिति धेरै नाजुक बनिसक्यो । सर्वोच्च अदालतमा बिचराधीन मुद्दा मन्त्रीहरु र लाभको पदमा बस्नेहरुको बिरुद्दमा चाङ छन । यो देशका कानुनबीद, न्यायाधिश र वकिलहरु प्रायस् स् दलीय ट्याग भिरेका छन । न्यायका मूर्तीहरु कुस्तिवाजमा मस्ती छन । अव त, मुद्दा सुनुवाई पनि श्रीमान कुन पार्टीका पर्छन सोहीनुसार बिचार गरेर मात्र बेन्चमा राख्नुपर्ने अवस्था आयो । उता माधव नेपाल जसरी हुन्छ केपीलाई ठेगान लगाउन पाए देश, जनता र कार्यकर्ता जता जाउन मतलव छैन झै गर्छन भने केपी वलीलाई पनि आफ्नालाई पाखा लगाई पराइलाई काखी चापेको आरोप नलागेको होइन ।
तसर्थ देशले युवा या सहि भिजन भएको ब्यक्ति फेरि पनि खोजिरहेको छ । यहि गठजोड सरकारको प्रहसनमा नै राज्यको बागडोर सम्हालिने हो भने सायद अव संबिधान संशोधन गरेर भए पनि चुनाव गराउनु भन्दा सत्ता लम्ब्याउने खेल नै प्रमूख एजेन्डा रहनेमा आठौं आश्चर्यमा नपर्दा हुन्छ । किनकि, प्रचन्ड र माधवको दाउ छ , पहिला संघीय चुनाव गराउन पाइयो भने गठजोड भएको बेला भागमा केही बिलो आउँछ र कम्सेकम जनताको अगाडि साख त बलियो हुन्छ । अनि एमसीसी पनि छलिने, पछि स्थानीय चुनावमा आफुनुकूलको रणनीति तय गर्न सकिने ।
उता शेरबहादुर देउवा भने स्थिति जेसुकै भएपनि सत्ताको बागडोर सम्हालिराखेका छन र ढुक्क छन कि, कम्युनिष्टको बिग्रह शुरु भइसकेको यो अवस्थामा भैंसीले पाडो या पाडी जे पाए पनि बेगुती खाने नै हो । यता एमालेको अडान छ , संबिधान बमोजिम तोकिएको समयमा नै स्थानीय, प्रदेश र संघको चुनाव गराउनै पर्छ भन्ने अन्यथा बिगतमा उसलाई गठजोडले सताएकै थियो ।
अन्तमा , राजनीतिक दलका केही स्वार्थी सत्ताधारी पात्र र बिचौलियाहरुको मिलेमतोले देशको राजनीतिक , सामाजिक तथा आर्थिक अवस्था कता मोडिदै छ , अन्योलको स्थितिमा छ । देशको अर्थतन्त्र जर्जर अवस्थामा छ , कोरोनाको महामारी त्यत्तिकै छ , सर्वसाधारण जनताले कोरोनाको भ्याक्सीन लगाउन घन्टौं लाइनमा बस्दा पनि नपाएर सास्ती खेप्नुपरेको छ , बैंकहरुमा रकम संचिती पनि कम हुंदै गएको छ , रोजगारीको त कुरै नगरौं, अझै सत्ताको मात र लोभले माधव र प्रचन्डको मतियार बनेर देउवाले काङ्रेसको साख त गिराए नै फगत देशका हरेक निकाएहरु अनिर्णयको बन्दी बनाउँदै छन । उता नेपाल भारतको सीमानामा भारतीयहरुले कयौं ठाउँमा जमीन मिचेर नेपालीको जनजीवन अस्तब्यस्त भइराखेको छ ।
तथापी सवै क्षेत्रवाट दबाव परेर होला सायद स्थानीय चुनावको छनक बल्ल देखाउन थालेको छ यो गठजोड सरकारले । यस्तो बिषम परिस्थितिमा खोइ बुद्दिजीवी अनि मानवधिकारवादीहरु रु त्यसैले यो गठजोड सरकारको अहिलेको रवैयाप्रति सम्पूर्ण युवालगाएत सवै नागरिकहरु सचेत हौं र यसको बिरुद्दमा लागौं १ अन्यथा हाम्रो हैसियत र अस्तित्व नै संकटमा पर्ने निश्चित नै छ ।
(खिमराज गिरी) : ९८५११९२०८८


