Comments Add Comment

Advertisment

SKIP THIS

किर्ते गरी योजनाको रकम हिनामिना, ६ जना विरुद्ध मुद्दा

१२ असार , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खत्याड गाउँपालिका–४ स्थित गुगियाचौरमा निर्माणाधीन कृषि सिँचाइ योजनालाई निर्माण सम्पन्न भएको भनेर किर्ते गरी रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रदेश सरकारबाट रकम प्राप्त भई आर्थिक वर्ष २०७६÷०७७ मा सकिनुपर्ने योजनाको काम नै नगरी सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी लगायत अनियमितता गरेको उजुरीमाथि छानबिन गरी ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाले खत्याड–४, खिराचौरस्थित कृषि सिँचाइ कार्यालयको निर्माण अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही गर्नुपर्नेमा काम नै नभएको अवस्थाका बाबजुद भुक्तानी दिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । तत्कालीन निमित्त कार्यालय प्रमुख बुढाविरुद्ध १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा बिगो कायम गरिएको छ । उनीविरुद्ध बिगो असुल र बिगो बमोजिम जरिवानाका साथै कैद सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता दाहालले जनाएका छन् ।

ियस्तै, कृषि विकास कार्यालय मुगुका तत्कालीन सवइन्जिनियर राजेन्द्र शाही र प्राविधिक सहायक टेकबहादुर खत्रीले निर्माणस्थलमा भए गरेभन्दा बढी परिमाणको कार्य भएको भनी गलत स्थलगत प्रतिवेदन बनाएर बुझाएको भन्दै आयोगले उनीहरुलाई पनि उपभोक्ता समितिलाई भुक्तानी गरिएको रकम १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा नै बिगो कायम गरी कैद, बिगो बमोजिम जरिवाना र बिगो असुलउपरको माग दाबी गरिएको छ ।

यसैगरी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषध्यक्ष अमना कुमारी रोकाया र सचिव भुवन रावललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनीहरुले कृषि विकास कार्यालय मुगुसँग गरेको सम्झौता एवं शर्त बमोजिमको कार्य नगरी निर्माणस्थलमा भएका कामभन्दा बढी परिमाणको काम गराएको भनेर बिल भरपाई लगायतका कागजात पेस गरी भुक्तानी लिएको आरोपमा मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment