Comments Add Comment

Advertisment

SKIP THIS

खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यमकर्मी विरुद्ध मुद्दा

१३ माघ, काठमाडौं । कोरोना खोप लगाउन घुस लिएको आरोपमा बुधबार दुईजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जोनसन एन्ड जोनसन खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्यचौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई पक्राउ गरिएको हो ।

अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment