आफैमा फखेटा बाधेर उडौ कि पो जस्तो
उडन पाए आकाशमा देख्थे धर्तिका रंगहरू
रमाउथे कि मनहरू देख्थे असमानताहरू
आफैलाइ बिर्सेर छाडिन्थ्यो कि स्वार्थहरू
फुर्तीला आफ्नै मनहरूले बुझथे कि प्रकृति
पलाउथे कि नयाँ आयामका स्वच्छ रहरहरू
आफुलाई सुर्य सगै उदाउन पाए पो हुन्थ्यो
सृष्टिमा समानताको किरण छर्न सकिन्थ्यो
सृष्टिमा दृष्टि समता पो बाडन सकिन्थ्यो कि
उदय अनि दृष्टि समान शान्त अति शान्त
सुगन्धित रसमय जीवन समान आनन्द
आफै भित्र मिठासै मिठास स्वच्छ रहरहरू
आफैलाई चन्द्रमासगै उदाउन पाए पो हुन्थ्यो
सृष्टिमा गोधुलीको प्रेम छर्न पो सकिन्थ्यो कि
सबले सबलाई बुझने आभाष भर्न पाए पो
सृष्टिमा मानवताको दृष्टिपात गर्न पाए पो
मानबहरूमा मानवको गुणहरू भरिथ्यो कि
आफै भित्र नयाँ आयामका स्वच्छ रहरहरू
कस्तो अचम्मको रहरहरू आफैमा पलायो
बुछ्न् अनि बुछाउन नसक्ने द्दन्द्द पलायो
आफ्नै अनि आफैमा भरोसा को आशा
अनि बिश्बासको दिपक जलाउने कि
बिछाउने अतिरन्जित मनहरू बोकेर
आफैमा अस्वीकार बिचारहरूको बिचमा
रसमय जीवन दर्पणमा स्वच्छ रहरहरू
आफैमा कहिले बिछिदिन्छ र घटिदिन्छ।


