Comments Add Comment

Advertisment

SKIP THIS

विज्ञापन बजार विस्तार हुनुपर्छ : प्रमुख आयुक्त थपलिया

१८ मंसिर , काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने बताएका हुन् । उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।

उनले भने– ‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । हामीले त्यतिखेर यो संविधान जारी हुनासाथ आमसञ्चार नीति बनायौँ । त्यो आमसञ्चार नीतिभित्र अब कहीँ आमसञ्चार माध्यमलाई मर्जरमा जानुपर्छ कि भनेर केही संकेत ग¥यौँ । म तपाईहरुलाई मर्जरतिरै जानुस् त भन्दिनँ । त्यसो भनेन भने तपाईहरु टिक्नुहुन्छ कि टिक्नु हुँदैन भन्ने डर छ । यो दुई वटाको विषयमा उपयुक्त तालमेल र व्यवस्थापन गर्ने प्रक्रिया खोज्नुपर्छ भन्ने मलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै