भाद्र १५ , काठमाडौ । डाँका मुद्दामा फरार आरोपीलाई प्रहरीले काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका घर भएका प्रदीप भट्ट छन् । भक्तपुरको सुर्यविनायक बस्दै आएका ३० वर्षीय प्रदीप भट्टलाई न्यूरोडको मसान गल्लीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी डिलबहादुर मल्लले न्युज24ग्यालेक्सीलाई बताए ।
भट्ट विरुद्ध इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा अनुपकुमार शर्माले जाहेरी दिएका छन् । चितवनमा डाँका मुद्दामा संलग्न रहेर उनी फरार भएको डीएसपी मल्लले जानकारी दिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी अपराध अनुसन्धान कार्यालयले चितवन पठाएको छ ।


