Comments Add Comment

Advertisment

SKIP THIS

युरोपेली आयोगकी प्रमुख युक्रेनको भ्रमणमा

२८ जेठ काठमाडौं । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लायनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गरेकी छिन् ।

युरोपेली संघले गर्ने सहयोगका बारेमा छलफल गर्न उनी युक्रेन आएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संघमा युक्रेनको सदस्यताका बारेमा छलफल गरेको बताइएको छ ।

चाँडै सदस्यता पाउन युक्रेनले संघलाई अनुरोध गरिरहेका बेला युरोपेली आयोगकी प्रमुखले युक्रेनको भ्रमण गरेकी हुन् । संघले भने यसअघि नै तत्काल सदस्यता दिन नसकिने बताएको थियो ।

उनीहरुका बीचमा युक्रेनको युद्ध अन्त्य गर्ने र पुनर्निर्माण गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युरोपेली संघले रुसको आक्रमणप्रति सुरुदेखि नै आपत्ति जनाउदै आएको छ । तत्काल आक्रमण रोक्न संघले रुसलाई आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै