Comments Add Comment

Advertisment

SKIP THIS

पत्रकारमाथि कुटपिट गर्ने सात जना कर्मचारी पक्राउ

३२ असार , काठमाडौं । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न सात जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए । कार्यालयभित्र मदिरासहित भइरहेको भोजको तस्बिर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका थिए ।

कर्मचारीले पत्रकार आचार्यको दुई वटा मोबाइल समेत नियन्त्रणमा लिएका थिए । कुटपिटमा संलग्न कर्मचारीलाई कारबाही गर्न माग गर्दै पत्रकारहरूले शुक्रबार साँझ प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

शनिबार आचार्यको परिवार, पत्रकार महासंघका अध्यक्ष र विद्युत प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमती भएको थियो । आचार्यको परिवारले ती कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै