१३ साउन , काठमाडौँ । बिहीवारको कान्तिपुर दैनिकमा नेपाली सेनाका पूर्वसहायक रथी केशरबहादुर भन्डारीद्वारा ” रास्टृय सुरक्षा र संकटोन्मुख रास्ट्र ” शिर्षक लेख पढेर केही लेख्न मन लाग्यो । सेनामा जागिर खाँदा सैनिक जवानदेखि माथिल्लो तहसम्मको हकहितको लागि मरिमेट्ने र रास्ट्र र रास्टृयताकोखातिर सदैव आफ्नो निष्ठा र कर्तब्यलाई गुरुमन्त्र ठान्ने जनरल भन्डारीको उक्त लेखले रास्ट्रप्रति चिन्ता र चासो राख्नेको लागि मनै छोएको छ ।
हुनपनि देश अहिले संकटग्रस्त स्थितिमा छ । साच्चै, अहिले राजनीति गर्नेहरुको लागि राजनीतिक नारा र बुद्दिबिलासको विषय भएकै हो । जब कुनैपनि पार्टीका नेताहरु सत्तास्वार्थकेन्द्रीत हुन्छन, तब देशले निकासको बाटो पहिल्याउन धेरै असहज परिस्थितिको सृजना हुन्छ ।
देशको आर्थिक अवस्था हेर्ने हो भने बैदेशिक ऋण बढ्दो, मूल्यबृदि उच्च , बड्दो सोधनान्तर घाटा, कन्भर्टेवल नभएको नेपाली मुद्रा, चाहेको बिदेशी बस्तु खरिद गर्न भारतीय मुद्राको भरपर्नुपर्ने , बढ्दो भ्रस्टाचार मौलाउँदै जाँदा असारे बिकासको कुसंस्कृति, आदि कारणले नेपालको हालको अर्थतन्त्र धराशायि स्थितिमा छ । र केवल बैदेशिक ऋण र रेमिट्यान्सले धानिएको छ राज्य ।
संघीय सरकारको त त्यो हालत छ भने झन प्रदेश सरकारको काम कारवाही हेर्ने हो भने आफन्त र पार्टीलाई उभो लगाउने खालको योजनाहरु छन । जस्तै गन्डकी प्रदेशलगाएत अन्य केही प्रदेशमा बजेट सहि ढंगले बिकासको काममा लगाउनु पर्नेमा आफन्तलाई जागिरको लागि दर्बन्दी थप्ने र आफन्तको नाममा ट्रस्ट राख्ने प्रवृतिले गर्दा अहिले जनताहरु प्रदेशको काम देखेर दिक्का मानिराखेका छन ।
त्यस्तै स्थानीय जनप्रतिनिधिहरु बिकासको नाममा डोजर मालिक बनेर नदी खोलाहरुमा भएका ढुङा , गिटी तथा बालुवाको दोहन र जनताको करको दुरुपयोग गरि शहरमा घर ठड्याएका छन । अनि जनता बिरामी परेको अवस्थामा एउटा सिटामोल नपाएर छटपटिएको अवस्था छ । रास्टृय सुरक्षाको मामलावारे चर्चा गर्ने हो भने सत्ता जोगाउनकै लागि बिदेशीसँग हार गुहार माग्ने हाम्रा नेताहरुको पराधिन आचरणको कारणले गर्दा नै एमसीसी , एसपीपी र नागरिकता बिधेयकको लागिसमेत अन्तरास्टृय शक्तिकेन्द्रको दवाव खेप्नुपरेको छ ।
जसको कारणले बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पालादेखि नै देशको आन्तरिक राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा बिदेशीको हस्तक्षेप निरन्तर नरोकिएकोले अहिले रास्ट्र संकटको स्थितिमा आइसकेको छ । तैपनि नेपाली सेनाका पूर्व जर्नेलले भन्नुभएजस्तै विचार र सिद्दान्तका आधारमा मात्र पार्टी बन्न सक्छ भनेर आदर्श छाट्न सक्ने नेता तथा कार्यकर्ताहरु केकस्तो राजनीतिक नैतिकता र धरातलमा उभिएर बिपरित बिचार र सिद्दान्तका पार्टीहरुसँग चुनावी गठबन्धन गर्न तयार भएका हुन ? “
भनिन्छ नि, रुखले पात बदले पनि जरा बदल्दैन, त्यस्तै कर्तब्यनिष्ट मान्छेले बाटो बदलेपनि सिद्दान्त बदल्दैन ! न त कसैको साथ, न कसैको आश, प्राय पाटीको बास ! परिवार, देस र समाज भन्दा भन्दै कुनै कुनै कर्तब्यनिष्ट मानिसको जीवन संधै तनावको मजेरीमा बन्धक हुन बाध्य भइरहेको छ भने कसैलाई जनताले नेता मान्दै गर्दा औंलो दिँदा डुंडुलो निल्ने, तालपरे मिल्ने नत्र ओकल्ने ! उता जनताको हालत अझैपनि पाटीको बास छ, तर नेपालका राजनीतिक दल भने सत्ता नपाइन्जेल जनताको वरीपरी, सत्ता पाएपछि सिहदरवारमा चुरीफुरी ! अनि यी गरिब निमूखा जनताले कहिले पाउने राहत , यो गन्तब्यबिहीन यात्रामा !
साच्चै, अचम्मको कुरा त यहि भएर पनि सत्ता, भत्ता , नातावाद र परिवारवादी राजनीतिक संस्कारले आज देशको अवस्था संक्टोन्मुख र रास्टृय सुरक्षाको मामलामा पनि प्रश्न चिन्ह खडा भएको छ ।


