Comments Add Comment

Advertisment

SKIP THIS

चीनले उच्च स्तरिय वैदेशिक खुलापनलाई गहन पार्दै जाने

४ साउन , काठमाडौँ । चीनको अर्थतन्त्र विश्वसँग गहन रूपमा जोडिएको छ र खुलापन नै चीनको आधारभूत नीति हो। चीनले उच्चस्तरिय खुलापनलाई दृढताका साथ गहन पार्दै जाने छ। चीनका प्रधानमन्त्री ली खछ्याङले जुलाई १९ तारिख विश्व आर्थिक मञ्च विश्वव्यापी उद्यमीहरूको भिडियो वार्तामा भाग लिँदा उक्त कुरा भन्नुभएको हो।

सम्बोधनमा प्रधानमन्त्री लीले यसरी औँल्याउनुभयोः चीनको विकास विश्वसँग छुट्याउनु हुँदैन र विश्वको विकासमा पनि चीनको आवश्यकता छ। चिनियाँ बजार विश्व बजारको एक भाग हो। हामीले विकसित मुलुक, विकासोन्मुख मुलुकप्रति चौतर्फी रूपमा खुला हुँदै विश्व व्यापार संगठन केन्द्रीत बहुपक्षीय व्यापार प्रणालीको संयुक्त संरक्षण गर्दै जाने छौँ। साथै हामीले स्वतन्त्र व्यापार तथा निष्पक्ष व्यापारलाई पनि अघि बढाउँदै जाने छौँ। व्यापारको अभिवृद्धि गर्दा अपरिहार्य रूपमा घर्षण र विवाद देखा पर्छ। हामीले सहमतिको खोजी गर्दै भिन्नतालाई राम्ररी सम्हाल्नुपर्दछ र आपूर्ति श्रृंखलाको सुरक्षा र स्थिरतालाई कायम राख्दै जानुपर्दछ। सोही दिन बेलुकी चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पैचिङस्थित जन बृहत् सभाभवनमा विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्वाबसँग भिडियो वार्ता पनि गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै