Comments Add Comment

Advertisment

SKIP THIS

१५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

३० कार्तिक , काठमाडौँ । गरनाथपुर गाउँपालिका-२ दसौताबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह सवा ३ बजे भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् । भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको डिएसपी गिरीले जानकारी दिए ।

पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन् । यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै