Comments Add Comment

Advertisment

SKIP THIS

बयानमा जबराले भने- रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत

१९ भदौ , काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार तेस्रो पटक महाअभियोग सिफारिस समितिलाई बयान दिएका छन् ।

आइतबार जबरासँग समिति सदस्यहरुले पाँच वटा प्रश्न सोधेका थिए । जसमा रञ्जन कोइरालाको मुद्धाबारे पनि प्रश्न सोधेका थिए । सोक्रममा उनले रञ्जन कोइरालाको मुद्दाको फैसलामा आफू प्रायश्चित्त रहेको बताए । उक्त मुद्धामा आफूले विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको भए जनतासमक्ष माफी माग्ने बताए ।

जबराले भने, ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ ।’ श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका रञ्जन कोइरालालाई तोकिएको २० वर्ष सजायमा जबराले ८ वर्षमा झारेका थिए । त्यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएको उनको भनाइ छ ।

रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्थाअनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’ महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै