Comments Add Comment

Advertisment

SKIP THIS

हत्यामा संलग्न दुईजना १६ वर्षपछि लुकिछिपी बसेको अवस्थामा पक्राउ

६ मंसिर , काठमाडौ । प्रहरीले हत्यामा संलग्न दुई जनालाई १६ वर्षपछि मोरङबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राई पक्राउ परेका हुन् ।

देवीप्रसाद मंगलबार र धनकुमारलाई गत शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको दाहालले बताए।

देवीप्रसाद र धनकुमारले २०६४ जेठ २० गते राति मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४)का ३५ वर्षीय सन्तोष राईको हत्या गरेका थिए । जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै दुवै जनालाई २०६७ सालमा जनही ५ वर्ष कैद सजायको फैसला गरेको थियो ।

तर, घटनापछि उनीहरु फरार अवस्थामा थिए । देवीप्रसाद र धनकुमारलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

गाँजासहित दुई जना पक्राउ

चितुवाको छाला र हड्डीसहित एक जना पक्राउ