Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको १५ लाख रकमसहित बल्खुबाट हामित खान पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका–१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् ।

स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित आइतबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बा.प्र.०२–१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै