Comments Add Comment

Advertisment

SKIP THIS

सबिन फुयालको हत्या प्रति योङ कम्युनिष्ट लिग(YCL)नेपालको घोर आपत्ती

२९ मंसिर , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टि माओबादि (केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिगले सबिन फुयालको हत्या प्रति घोर आपतीको बिज्ञाप्ती निकालेको छ ।

केहि दिन अघि भएको मिती २०७९/०८/२५ गते आइतबार राती १०:३० बजे तारकेश्वर नगरपालिका ३ नं वडा निवासि २३ बर्षिय सबिन फुयाँललाई चिसापानी सानो बाईपासमा निर्माण सामाग्री बोक्ने बा ४ ख ३७५५ ट्रकले बाइकमा सवार सबिनलाई ठक्कर दिँदा खुट्टामा चोट आएपछि मार्ने उद्देस्यका साथ ट्रक ड्राइभर र ड्राइभरका साथीहरु मिली घाइते सबिनलाई त्यहि नजिक रहेको बालुवाको थुप्रो नजिक लगेर धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएकोमा हाम्रो पार्टि नेपाल कम्युनिष्ट पार्टि माओबादि (केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल घोर आपत्ती व्यक्त गर्दछ ।

साथै उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर माथि नेपालको प्रचलित कानुन वमोजिम कडा भन्दा कडा कारबाहि गरियोस भनि योङ कम्युनिष्ट लिग नेपाल जोडदार माग गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै