Comments Add Comment

Advertisment

SKIP THIS

गायिका मञ्जु रसाइँलीको ‘रातो सारी लाउने हो ?’

११ साउन , काठमाडौं । अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाइँलीले अमेरिकाबाटै आफ्नो स्वरमा तीज गीत ‘रातो सारी लाउने हो’ रेकर्ड गरेकी छन् । यो तीज गीतमा मञ्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन्, जसमा समुन कार्कीको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

उक्त गीतको भिडियो मंगलबार रिलिज गरिएको छ । गायिका मञ्जुले आफ्नो स्वरमा अमेरिकामा रेकर्ड गरेको यो गीतको मिक्सिङ नेपालमा गरिएको हो । यसपटकको तीजलाई लक्षित गरेर आफुले ‘रातो सारी लाउने हो’ ल्याएको मञ्जुले बताइन् ।

यो गीतको भिडियो अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा छायाँकन गरिएको छ ।

अमेरिकाका विभिन्न शहरमा बस्दै आएका दुई दर्जन नेपाली महिलाहरुले यो गीतमा नृत्य गरेका छन् । जसमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित विभिन्न महिला कलाकारहरुको नृत्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै