प्रहरी सहायक हवल्दार धनबहादुर वली ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बाट सम्मानित -
Comments Add Comment

प्रहरी सहायक हवल्दार धनबहादुर वली ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बाट सम्मानित

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय, बाग्लुङ दरवन्दी भई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा खोजतलास शाखामा कार्यरतप्रहरी सहायक हवल्दार धनबहादुर वलीलाई ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बाट सम्मानित भएका छन् ।

प्रहरी सहायक हवल्दार वलीले नम्वर नखुलेको भाडाको ट्याक्सी तथा बसहरुमा यात्रुको बहुमुल्य समानहरू छुटेको तथा हराएको समानहरुको अनुसन्धान गरि पत्ता लगाई सम्बन्धित धनिलाई जिम्मा लगाउनुका साथै उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई CCTV प्रविधिको प्रयोग गरि नम्बर पहिचान गरि कारवाहीको दायरामा ल्याउन सफल रहे ।

सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउनुका साथै बिभागीय नीति निर्देशनको अक्षरस: पालना गर्दै आफुलाई तोकिएको जिम्मेवारी त्रुटि रहित तवरले पुरा गर्ने जस्ता कार्य गरी सर्वसाधारणबाट सकारात्मक पृष्टपोषण प्राप्त हुनुको साथ साथै निजले गरेको हालसम्मको कार्य सम्पादन स्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाईएकोले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला बढ्न जाने तथ्यलाई दृष्टिगत गरी कार्यालय तथा मातहत कार्यालयहरुबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरु मध्ये निज प्रहरी सहायक हवल्दारले गरेको कार्य उत्कृष्ट पाईको हुँदा कदर स्वरुप निज प्रसहलाई २०८० फागुन महिनाको Traffic Police of the Month घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै