२१ चैत , काठमाडौं । गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका उनीहरुलाई आज पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए ।
गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् । विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ ।




