Comments Add Comment

Advertisment

SKIP THIS

‘हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु’ : पूर्वअध्यक्ष रवीन्द्र मिश्र

१४ साउन , काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई एकदिन राजाको रुपमा हेर्न चाहेको बताएका छन् ।

पारस शाह र हिमानी शाहका पुत्र शाहलाई जन्मदिनकाे शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२१औँ जन्मदिनमा सुस्वास्थ्य, दीर्घायु, देशभक्ति, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना !’

उनले आफ्नो २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले नेपाल ढिलो-चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ भन्ने अवस्थामा देश पुग्ने आफूले निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।

मिश्रले पुन: लेखे, ‘यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै