Comments Add Comment

Advertisment

SKIP THIS

कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई प्रहरी सेवाबाट निस्कासन

२३ फागुन , काठमाडौं । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट निकालेको छ । तीन जना गाउँ प्रहरीमा भर्ना गरिएकामा हाल एक जना गाउँ प्रहरी मात्र कार्यरत रहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

ऐसेलखर्क गाउँपालिकाले २०७६ साल फागुन १४ तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा सुविधा पाउनेगरी भर्ना गरिएको थियो । रिक्त दरबन्दीमा गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकारात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

गाउँ प्रहरीले हाल कार्यालयमा हुने भिडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारमा सडक पेटीमा सामान राखेर बिक्री गर्न, निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउनमा रोक लगाउने गरेको छ ।

यस्तै, बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्ने लगायतका भूमीका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै