Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा कुलोमा डुबेर एकको मृत्यु

१३ साउन , काठमाडौँ । दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

उनका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो । उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै