Comments Add Comment

Advertisment

SKIP THIS

अपाङ्ग टेवा संस्था र ह्वीलचेयर फाउण्डेशनद्वारा ह्वीलचेयर वितरण

२९ मंसिर , काठमाडौँ । अपाङ्ग टेवा संस्था र ह्वीलचेयर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचेयर वितरण गरिरहेको छ ।

मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष किसिमको ह्वीलचेयर ५० वटा तथा सामान्य किसिमको अन्य ह्वीलचेयर गरी जम्मा १५८ वटा वितरण गरिने अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिए ।

अपाङ्गता भएका ब्यक्तिहरुले पनि अन्य नागरिक जस्तै विद्यालय, अस्पताल, बजार, कार्यस्थलजस्ता सार्वजनिक स्थानमा पूर्णरुपमा सहभागी हुन पाउनु पर्ने, उनीहरुको पहुँच अन्य नागरिक सरह हुनुपर्नेमा राज्यको नीति तथा कार्यक्रम कार्यान्वयन अझै हुन नसकेको अध्यक्ष शेर्पाको गुनासो छ ।

लामो समयदेखि ह्वीलचेयर मर्मत, वितरण तथा अपाङ्गता भएका ब्यक्तिहरुको जीवन सहज र सरल बनाउन होस्टल संचालन गर्दै आएको अपाङ्ग टेवा संस्थाले ह्वीलचेयर फाउण्डेशनको सहयोगमा देशभरका अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यकता हेरी ह्वीलचेयर वितरण गर्दै आइरहेको छ ।

विशेष किसिमको ह्वीलचेयर लिनेमा भक्तपुरका अर्वाचिन अधिकारी, आर्यन श्रेष्ठ, दिब्यांस चन्द, सुमित गौतम, आश्मा सिग्देल, हिमाल गौतम लगायतका बालबालिका रहेका छन् ।

आफ्ना बालबालिकाले आवश्यकता अनुरुपको विशेष किसिमको ह्वीलचेयर प्राप्त गरेपछि संरक्षकहरु खुशी भएका छन् ।

बच्चालाई लिएर हिँडडुल गराउन सजिलो हुने भएकाले कुनैठाउँमा जानबाट बन्चित हुनु नपर्ने हुँदा यस्ता किसिमका विशेष ह्वीलचेयर सबै बालबालिकाको पहुँचमा पुग्नु पर्ने र यसकालागि राज्यले ह्वीलचेयर वितरण प्राथमिकतामा राख्नु पर्ने संरक्षक तथा चित्रपुर अभिभावक स्वावलम्बन समूहका अध्यक्ष ज्योति खतिवडाको धारणा छ ।

अपाङ्गता भएका बालबालिकाहरुपनि अपाङ्गमैत्री ठाउँ र उपयुक्त ह्वीलचेयर भए सबलाङ्ग सरह हिँडडुल गर्न सक्छन् ।

नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँच र सेवासम्बन्धी केही नीति र कानून भएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा उनीहरुले पाउने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै