७ असार , काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि गरेका छन् ।नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि गरेको जनाएको हो । संघले जारी गरेको सूचनाअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढी रुटमा बढेको छ । काठमाडौं–धनगढीको भाडा ८४० रुपैयाँले बढेर कूल भाडा १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।
यस्तै, काठमाडौं–माउन्टेनतर्फ ६५५ रुपैयाँ बढेर भाडादर १४ हजार ७ सय २० पुगेको छ । सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेर ४ हजार १ सय ९५ रुपैयाँ रहेको छ । काठमाडौं–भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ भने भाडादर २ सय रुपैयाँले बढेको।
यसैगरी काठमाडौंदेखि अन्य रुटको पनि भाडादर बढेको छ । वृद्धि भएको भाडा बुधबारबाट लागु हुने संघले सूचनामा भनेको छ ।
हवाई भाडा वृद्धि, अब धनगढी पुग्न १६ हजार ८०५ रुपैयाँ लाग्ने (भाडादरसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
३
बाढीमा ज्यान गुमाएका परिवारलाई सरकारले तत्काल आर्थिक सहायता दिने
२०८३ भाद्र १० गते , बुधबार
४
तीन पत्रकारलाई हिरासतमा राख्न आदेश
२०८३ भाद्र ९ गते , मंगलबार
५
होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका ३ जना सार्वजनिक, ५ दिन म्याद थप
२०८३ भाद्र ८ गते , सोमबार
६
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
२०८३ भाद्र ८ गते , सोमबार
सम्बन्धित खवर
Advertisment



