Comments Add Comment

Advertisment

SKIP THIS

तीन महिनासम्म कैद सजाय पाएकाले पनि अब प्रहरी रिपोर्ट पाउने

२१ जेठ , काठमाडौं । फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् ।

यसअघि कैद सजाय भएकालाई यस्तो प्रमणपत्र दिइदैनथियो । सामान्य किमिसका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिदां बैदेशिक शिक्षा तथा रोजगारबाट धेरै जना बञ्चित भएपछि प्रहरीले यससम्बन्धि कार्यविधि संशोधन गर्न लागेको हो । प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धि कार्यविधि संशोधनको प्रक्रिया हाल गृह मन्त्रालयमा पुगेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले बताए । ‘तीन महिनासम्म कैद भनेको सामान्य किसिमका अपराधमा संलग्न व्यक्तिहरुलाई हुने सजाय हो,’ उनी भन्छन्,‘सामान्य अपराधमा संलग्न भएकालाई प्रहरी रिपोर्ट दिनुपर्छ भन्ने निष्कर्षका आधारमा कार्यविधि संशोधन गर्न लागेका हौं ।’ कतिपयलाई स्वदेशभित्रै जागिर खानका लागि पनि प्रहरी रिपोर्ट चाहिने तर सामान्य किमिसका अपराधमा पर्दा कतिपय क्षमताबाट बञ्चित हुने गरेका छन् ।

नयाँ प्रावधानले कतिपयलाई सहज हुने भएपनि अपराधलाई निरुत्साहन गर्ने उदेश्यमा पनि असर पर्न सक्ने प्रहरी अधिकारीकै चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै