Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीद्वारा सर्वसाधारणसँग टेलिफोन संवाद

४ कात्तिक , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणसँग कुराकानी गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार पार्टी कार्यालय च्यासलबाट फेसबुक मार्फत नम्बर टिपाएका सर्वसाधारणहरु मध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर कुराकानी गरेका हुन् । अध्यक्ष ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जना सर्वसाधारणले आफ्नो नाम र नम्बर टिपाएका थिए ।

अध्यक्ष ओलीले सर्वसाधारणसँग आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेका छन । उनले ट्वीट गर्दै सर्वसाधारणहरुले उत्साहपूर्ण सहभागीता जनाएकोमा धन्यवादसमेत दिएका छन् ।

ओलीसँग कुराकानीका लागि दुई लाख नौ हजार १७६ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै