Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित इन्द्रचोकबाट २ जनालाई पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित इन्द्रचोकबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भएर जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन् ।

उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताएका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले सोडारीको साथबाट नगद बरामद गरेको हो । सो रकम अभिषेकले दिएको बयानका आधारमा उनि पनि पक्राउ परेका हुन् ।

घटनारबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै