Comments Add Comment

अर्धनग्न अवस्थामा काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला

१४ असोज ,काठमाडौ । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको प्रहरीले जनाएको छ।

शव अर्ध नग्न अवस्थामा छ। बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ। महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन्।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो । डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए ।

विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए । शवको सनाखत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

बाँसको झाडीमा महिलाको शव फेला

अर्ध जलेको अवस्थामा महिलाको शव फेला

Advertisment

छुटाउनुभयो कि? सबै

बाँसको झाडीमा महिलाको शव फेला

अर्ध जलेको अवस्थामा महिलाको शव फेला