Comments Add Comment

Advertisment

SKIP THIS

बाँसको झाडीमा महिलाको शव फेला

२८ भाद्र , काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका– ३, यदुकुहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीय एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको घटनास्थलमा पुगेका एक प्रहरीले जानकारी दिए । प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । प्रहरीले कुकुरको मद्दतबाट घटनामा संलग्नको खोजी गरिरहेको छ ।

‘बजारमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतक महिला साँझ ६÷७ बजे मेला हेर्न घरबाट निस्केकी थिइन्,’ मृतककी सासूले भनिन्, ‘अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ भेटिएन, मेले हेरेर घर आउँछे होला भन्ने सोच्यौं तर बिहानै बुहारीको लास भेटिएको खबर पाएँ ।’

मृतकको घरबाट केही दूरीमा रहेको स्कुलमा सोमबार राति मेला र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । मेलाकै मौका छोपेर उनको बलात्कार गरी हत्या भएको हुन सक्ने स्थानीयले बताए । मृतक महिलाका पनि चार वर्षदेखि वैदेशिक रोजगारीमा छन् । उनको एक ३ वर्षीय छोरी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment