Comments Add Comment

Advertisment

SKIP THIS

अर्ध जलेको अवस्थामा महिलाको शव फेला

२९ असार , काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा शव फेला परेको छ ।

मंगलबार अर्ध जलेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा फेला परेको छ ।

महिलाको अनुहार लगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा छ । उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment