Comments Add Comment

Advertisment

SKIP THIS

एसपी “राजेन्द्र बाबु रेग्मी” सफलता पुर्वक तनहु जिल्लालाई स्मरण गर्दै बिदा

२५ माघ , काठमाडौ । प्रहरी सेवाको सिलसिलामा म आज करिव १५र१४ महिना २१ दिन महिनाको बसाई पश्चात एक अर्थपूर्ण ,कामयावि बसाईलाई स्मरण गर्दै फरक कार्य प्रकृति र जिम्मेवारी बहन गर्न मेरा कदमहरु हौसिरहेका छन् यि कदमहरुलाई थप हौसला मेरो १५ महिनाको एक अर्थपूर्ण बसाईले दिएको महशुस गरिरहेको छु ।

ऐतिहासिक महत्व ,धार्मिक सहिष्शुणता र सामाजिक भाईचाराले भरिपूर्ण तनहु जिल्लामा रहदा बस्दा प्रहरी काम कारवाहीमा किमार्थ पछि नपरी संगठनको प्रतिष्ठा र श्री वृद्धिमा आफूलाई हरपल समर्पित गरी लोकतन्त्रको सुन्दर पक्षको रुपमा अंगिकार गरिएको आवधिक निर्वाचन (स्थानीय,प्रदेश र संघ) को निर्वाचन सफल गराउनु आफैमा एक चुनौतिपूर्ण कार्य रहदा समेत यसलाई एक अवशरको रुपमा लिई शान्तिपूर्ण तवरले सम्पन्न गराउन ,जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम राख्न, भएका अपराधहरु प्रति शुन्य सहनशिलता अपनाउदै अपराध न्यूनिकरण र प्रभावकारी अनुसन्धान गर्न , प्रहरी कर्मचारीहरुको आचरण र अनुशासन कायम राखी संगठन प्रति सकारात्मक जन बिश्वास वृद्धि गर्न सफल भएको आभाषले रामायण रचिएको पवित्र भुमिमा मेरो सफलता र कामयाविलेमलाई गौरवको वेग्लै अनुभुति भईरहेको छ ।

संगठन प्रमुख ज्यू ,प्रदेश प्रहरी कार्यालय प्रमुख ज्यूहरु,प्रमुख जिल्ला अधिकारी ज्यूहरु को निर्देशन तथा मार्गदर्शन र जिल्लामा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुले होत्सेमा हैसे थपी पुर्याउनु भएको सहयोग आज मेरो हौसला वृद्धि र सफलताका प्रमुख प्रेरणा का स्रोतहरु हुन् ।

बिछोडको बिश्मात र मिलनको मुस्कान मानव जिवनमा टासिएका दुई पाटाहरु त छदै छन् तर यस जिल्लाले मलाई बोकाई दिएको माया ,स्नेह ,सहयोग, सद्भाव र भाईचाराको भारी जिवनभर बिसाउन मन लाग्ने छैन यति माया बिश्वास सहयोग दिई मेरो १५ महिनाको बसाई अविस्मरणीय बनाईदिनु हुने नागरिक समाज,राजनीतिक दलहरु,राजनीति कर्मीहरु ,जनप्रतिनिधि ज्यू हरु ,नागरिक अभियन्ताहरु, बिभिन्न सुरक्षा निकायका पदाधिकारी र कर्मचारीहरु ,संचार कर्मी मित्रहरु ,बिभिन्न व्यापार व्यवसाय र पेशामा आवद्ध साथी भाईहरु ,बिभिन्न संस्था र संगठनमा आवद्ध सबै मित्रहरु लगायत सम्पुर्ण तनहुबासि आमा बुवा ,दिदि बहिनी दाजु भाईहरुमा हृदय देखि हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

नोट: ”प्रहरी उपरीक्षक राजेन्द्र बाबु रेग्मी”जादाजादै तनहु जिल्लामा मेरो भौतिक उपस्थिति पातलिए पनि सम्बन्धको,भाईचारा,बन्धुत्व,सद्भाव र हार्दिकताको हिसाबले हाम्रो सम्बन्धमा अझ बढि कसिलो गांठो कसिने विश्वास राख्दै तनहु जिल्लाको सम्पूर्ण सुख शान्ति ,सुशासन,बिकास र समृद्धिको कामना सहित यस पवित्र भुमिको पशुपतिनाथले सधै रक्षा गरुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment