८ जेठ, काठमाडौँ । बेलायतले नेपाललाई विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
नेपालको सबै भन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मित्र मुलुक बेलायतले २० लाख डोज एस्ट्राजेनेका ९कोभिसिल्ड० खोप उपलब्ध गराउने भएको हो । बेलायतले नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै खोप उपलब्ध गराउन लागेको हो ।
भारतको सिरम कम्पनीले कोभिसिल्ड उपलब्ध नगराएका कारण पहिलो डोज खोप लगाएकाहरूले अर्को डोज लगाउन पाएका छैनन् । यो अवस्थामा पुरानो मित्र मुलुकको सहयोग आफैँमा अर्थपूर्ण छ ।
नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँको उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेको हो । यद्यपि यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभइ बेलायतमा रहेका गोर्खा र काठमाडौँमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन् ।
यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो ।