अवैध लागूऔषध सहित पक्राउ -
Comments Add Comment

अवैध लागूऔषध सहित पक्राउ

५ माघ , काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्राम सहित दाङ बबई गाउँपालिका-४ घर भएका २६ वर्षीय सुमन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजदेखि काठमाडौं आउँदै गरेको बा.५ ख ४५ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ


This will close in 20 seconds