Comments Add Comment

Advertisment

SKIP THIS

रामकृष्ण देवकोटाको “परिवर्तनको खोज“

जिन्दगी अफ्ठ्यारो र चुनौती मिसिएको
उजागर नभएका खुशिहरुले थिचिएको,

सपनाहरु प्राप्तीमा नमिठो गन्त्वयमा रुमल्लिएको,
तर चुनौतीका पहाडहरु छिचोल्न सक्ने,
संभावनाका बाटाहरु नियाल्न सक्ने,
ब्यथा भित्रको कथा पनि त हो जिन्दगी

जहा परिवर्तनशिल सत्यको प्राप्ती हुन सक्ने
दु:ख भित्रको को खुसीको प्राप्तीहुन सक्ने
यथार्थ भित्र को अवस्था पनि त हो जिन्दगी ।
जिन्दगी तिमि भित्रको नसुनाईएको कथा पनि हो

भोगाई र अनुभवको मिठो पटकथा पनि हो ,
तिमिबाट चुनौती छिचोल्न मनग्गै आँट गरिएका
सपनानै भएपनि प्राप्तिका आकंक्षाले भरिएका ,
संभावनाका बाटाहरु पहिल्याउँन साथै हिडेका

केही साथी संगतिका सामूहिक हात पनि हो , जिन्दगी
जसमा पीडाबाट निस्किएको थोरै खुशि प्राप्तिको प्रयास
खुल्दै नखुलेको मुस्कान भित्रको आशातित आश,
र परिवर्तनको प्राप्तिको एकोहोरो तलाश,
सँगसगै खोजिरहेको हुन्छ मान्छे…

(१)
साच्चै मुसुक्क मुस्कुराउँदाको हाँसोमा देखिने सुन्दरता,
पानी परेपछिको आकाशमा देखिने सुन्दरता,

राताम्मे लालि गुराँस फूलिरहेको पहाडको सुन्दरता,
पखेंटा उचालेर नाचिरहेको मयुरको सुन्दरता,
अझ, अवर्णीत कत्ति सुन्दरताहरु जस्तै
सुन्दरताको खोजिमा तिमिले जंघारहरु तर्दै तर्दै,

अध्याँरोका डोवहरुमा टेक्दै टेक्दै,
उज्यालो तर्फ केही पाइला बढाउनुपर्छ,
नथाकरै उकालीहरुमा खुड्कीला घटाउनुपर्छ,
सक्नुपर्छ परिवर्तनमा दुखाएरै छात्ती ठोक्नपनि

आँटनुपर्छ काँधमा विचलीत नभई जिम्मेवारी बोक्न पनि,
जसरी कुनै दिन साथी संगतीमा जिन्दगी सक्यौं
त्यसरी नै संभावनाको खोजिमा केहि हूल मान्छेहरु
तिमी संगै फेरी हिड्नेछन्,

बाबा आमाले छोडेका धेरै सपनाहरुको खोजिमा
सहयात्री भई सँगै जोडिनेछन्,
​(२)
एक्लो छैनौं तिमी सम्झनु सिंगो समाज पनि छ
धेरै आंकक्षाहरुका लहर तिमी संगै छन्,

तिम्रा रहरहरुका शहर पनि तिमी संगै छन्,
म सकिएँ-बिग्रीएँ भन्ने पश्चताप तिमिले छोड्नु

किनकी, एउटा समयको सुनौलो प्रहर तिमि संगै छन,
त्यसैले आऊ हिम्मतहरु संगै जुटाऊँ,
सँगालेर केहि पत्थरहरु संगै फुटाऊँ,

अनि एक चित्त भएर परिवर्तनका मूर्तिहरु बनाऊँ,
हरेकले खोजेको खुशी बसेको भगवान बनाऊँ,
अनि एक अंजुली फूल र एक मुठी अक्षता संगै चढाऊँ,
जहाँ तिमीले वर्षौ प्राप्त नगरेका ओठका हाँसोहरु

आँखा मिच्दा पनि नखसेका खुशीका आँशुहरु,
हिम्मत र आँटले बनाएका परिवर्तनका प्रतिबिम्वहरु
ति मूर्तिहरुमा आऊ सँगै खोजौं,आऊ सँगै सगालौं,
जहाँ, अझै तिम्रा पुरा नभएका चाहानाहरु

र अझै अधुरा रहेका केही संभावनाहरु,
एउटा परिवर्तनको खोजिको निरन्तरता सँगै
प्राप्तिका लागि स्वयं लागि रहनेछन्—

।समाप्त ।

लेखक :- रामकृष्ण देवकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै