Comments Add Comment

Advertisment

SKIP THIS

बागमतीमा सकियो मतदान : कसले मार्ला बाजी ?

१९ मंसिर , काठमाडौ । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ ।

हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बज सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२५ मत खसेको छ । एक घण्टापछि मत गणना सुरु हुने छ ।

शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनस् मतदान भएको थियो । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणमा साथ दिएका छन् । प्रधानको साथ पाएपछि आफू जित्नेमा बानियाँ पक्ष विश्वस्त छ ।

समूहले सिटौला टीमको केही भोट र काठमाडौं र नुवाकोटबाट पहिलो चरणमा गुमेको मत केही पनि दोस्रो चरणमा पाएकाले जित्ने केसी पक्षको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै