आकास हेरेर सपना बुनेँ सपनामा कुदिरहेँ
धर्तीमा हेरेर जाँलहरू बुनेँ आफै फसीरहेँ
आफ्नै संसारमा अनिकाल सृजना गरेँ
बिकृति अस्वभाबहरूमा माया म बिकेँ ।।
समय हेरेर सम्बन्ध गासेँ सम्बन्धमा हिडिरहेँ
सम्बन्धले आफ्नै ब्यथाहरूको कथा खोजिरह्यो
आफ्नै संसारमा एकांक कथा सृजना गरेँ
आफ्नै ब्यथाका कथाहरूमा माया म बिकेँ।।
बिश्वास हेरेर बिचार बनाए बिश्वासमा
हिडिरहेँ
बिश्वासकोअर्थ हरायो बिचारमा बिश्वास खोजिरहेँ
अनि आफ्नै बिचलित बिचारमा बिश्वास बनाएँ
आफ्नैं बिश्वासको विचारमा माया म बिकेँ।।
नियति बुझेर यथार्थ हेरे समयमा हिडिरहेँ
नियतिको नियतहरायो यथार्थतामा खोजिरहेँ
अनि संकै संकाको पहाडमा यथार्थ बनाएँ
आफ्नै आँखाको रंङ्गहरुमा माया म बिकेँ।।
बिश्वस छैन कथाहरूमा पात्र बन्ने बाध्यता छ
रहर छैन कथाहरूमा ईच्छा बन्ने बाध्यता छ
आफैलाई बेचेर खुशीहरू लिलाम बनाएँ
आफ्नैं कथाका ब्यथाहरूमा माया म बिकेँ।।
सुख्खा छन् आखाँहरू आँशु बन्ने रहर छ
खुशी छैन कथाहरूमा हाँसो बन्ने रहर छ
आफैभित्रका कथाहरू आफैलाई बेचेर
आफ्नैं बिबसताहरू भित्र माया म बिकेँ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।



