काठमाडौं: नेपाल प्रहरी श्रीमती संघको आयोजनामा जिल्ला प्रहरी परिसर भक्तपुरको सभाहलमा “अपराध अनुसन्धानमा नेपाल प्रहरीको भूमिका” विषयक निवन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यता र जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठको विषेश आतिथ्यता उक्त निवन्ध लेखन प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा कवि /निवन्धकार हरिहर तिमल्सिना र सहायक निर्णायकको भूमिकामा श्री रुप केशरी उलक र निर्मला जोशी रहनु भएको थियो ।

सो अवसरमा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो मन्तब्यको क्रममा शिक्षा नै मानव जिवनको अमुल्य धन हो भन्ने भनाईलाई हृदयगमन गरी बालबालिकाहरुको अन्तरनिहीत क्षमताको उजागर गर्ने उदेश्यले आजको यस निवन्ध लेखन प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि विद्यार्थी भाइबहिनीहरु भित्र रहेको विभिन्न किसिमको बाल प्रतिभालाई उजागर गर्ने किसिमका विविध कार्यक्रमहरु समेत आयोजना गर्ने प्रतिबद्दता ब्यक्त गर्नुहुँदै उल्लेखित उत्कृष्ट छात्र छात्राहरूलाई भक्तपुर पाँचतले मन्दिर अगाडी पुरस्कार समेत वितरण गर्नुभएको थियो ।

१) श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा समता सापकोटाले प्रथम स्थान हाँसिल गरी नगद रु. सात हजार रुपैयाद्वारा पुरस्कृत हुनु भएको ।
२) श्री पद्म माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा कौस्तुभ थापाले द्धितीय स्थान हाँसिल गरी नगद रु. पाँच हजार रुपैया द्वारा पुरस्कृत हुनु भएको ।
३) श्री बासु माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र सुप्रिम सुलुले तृतीय स्थान हाँसिल गरी नगद रु. तिन हजार रुपैयाद्धारा पुरस्कृत हुनु भएको ।







