- Home
- Showing Post From:-प्रहरी प्रशासन
प्रहरी प्रशासन
काठमाडौं, तारकेश्वर — तारकेश्वर नगरपालिका वडा नं. ८ गैरी गाउँस्थित शिवमन्दिर नजिकै रहेको प्रतीक्षालयमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीयका अनुसार बिहानै उक्त व्यक्तिलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
धर्मस्थली प्रहरीका नायव निरीक्षक भुवन जर्गा मगर घटनास्थलमा पुग्दा ती पुरुष अचेत अवस्थामा रहेको पुष्टि भएपछि थप अनुसन्धानका लागि बालाजु प्रहरी वृत्तलाई जानकारी गराइएको थियो।
मृतकको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार मृतकको परिवारको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ।
यसबीच केही सहयोगी मनहरूले मृतक परिवारलाई आर्थिक सहयोगसमेत गरेका छन्।
घटनास्थलमा मुचुल्का उठाउने तयारी भइरहेका बेला …
११६औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीबाट जारी शुभकामना सन्देश
सामाजिक सेवामा क्रियाशिल रहेर समाजमा देखा परेका विकृती र विसंगतीका विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै समाजलाई सृजनात्मक एवं सकारात्मक बाटोमा अघि बढाउँदै राष्ट्र विकासको मुल प्रवाहमा सरिक भई विभिन्न कार्यक्रमहरु मार्फ प्रेरणा र सन्देशहरु दिदै आईरहेको नेपाल प्रहरीको अनुकरणीय उदाहरणको रुपमा रहेको यस सेवाभावी संस्था नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको आजको यस विशेष र गरिमामय अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदि बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र उच्च …
डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँको नागार्जुन नगरपालिका ७, रत्नराज्य स्कुल नजिकैको जङ्गलमा डलर साटिदिने भन्दै पटक–पटक फोन गरेर बोलाइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूको टोलीले अपरेशन चलाएको थियो।
िपसलेहरूलाई फोन गरी डलरको प्रलोभन देखाउने र डलरकै आकारमा काटिएका कागजका बिटाहरू भिराएर ठगी गर्ने कार्यमा संलग्न ५१ वर्षीय देव बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ घर भएका तामाङलाई प्रहरीले चन्द्रागिरी नगरपालिका १३, पुरानो नैकापस्थित उनकै डेरा कोठाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको कोठामा खानतलासी गर्दा ५० दरका ५ थान अमेरिकी …
काठमाडौं । टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुल नजिक सञ्चालन हुँदै आएको अवैध घरेलु रक्सी उत्पादनस्थलमा नयाँ बसपार्क प्रहरी प्रभागको टोलीले छापा मारेको छ।
नेपाल प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा गरिएको छापाका क्रममा ठूलो परिमाणमा अवैध सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब १० हजार लिटर अवैध घरेलु रक्सी, ९ हजार किलोग्राम गहुँ र कोदोको कच्चा पदार्थ तथा रक्सी पकाउने ३ सेट भाँडाकुँडा बरामद गरिएको हो।
बसपार्क प्रहरी प्रभागका अनुसार यो कारबाही हालसम्मकै सबैभन्दा ठूलो परिमाणको बरामद मानिएको छ। अवैध गतिविधि नियन्त्रणमा लिएको भन्दै स्थानीयवासीहरूले प्रहरीको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका …
रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …
आजको म हिजोको भन्दा फरक छु
हिजो ममा मिठासपूर्ण भाषाहरू थिए
सबैमा मित्रबत दृष्टि राख्ने आखाँहरू थिए
मनमौजी थिएँ त्यसै त्यसै बुरूक्क हुन्थेँ।।
कुनै कारण चाहिदैन थियो खुशी हुन
जुनैबेला जतैपनि आफैमा मख्ख हुन्थे
कसैको बेपरबाहमा पनि लठ्ठ थिए आफैमा
जीवनको शैलीमा म मेरो निम्ति मात्रै थिए।।
आजको म हिजो जस्तै कदापि छैन
धैरे फेरिएको छु खुशीहरू रहर बनेका छन
आवाजहरू आफ्नै बाध्यता बनेका छन
जीवन स्वार्थहरूले ढकमक्क फुलेको छ।।
मलाई बोल्न पनि कुनै आवश्यकता चाहिन्छ
स्वतन्त्र आवाजहरू म भित्र भित्रै मरिसके
ममाथि समयको अनियन्त्रित हस्तक्षेप छ
आजको ममा आबश्यकताको परिबर्तन छ।।
आजको मलाई खुशीहरू तौलेर लिनुपर्छ
आखाँहरूले नबोली आँशुहरू बोकिँ दिन्छन
आँशुहरू बोकिँ समुद्र मन्थनको प्रयासमा छु
आज …
काठमाडौँ — तारकेश्वर नगरपालिका क्षेत्रभित्र महिलालाई लक्षित गरी मोटरसाइकलमार्फत लेडीज ब्याग लुटपाट गर्दै आएको गिरोहलाई बालाजु प्रहरी वृत्तका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको विशेष टोलीले सफलताका साथ पक्राउ गरेको छ।
२०८२/०८/०८ गते बेलुकी करिब ५:१५ बजे तारकेश्वर–११ नेपालटार सडक खण्डमा घर फर्कँदै गरेकी लमजुङ राईनास नगरपालिका–६ घर भई हाल तारकेश्वर–९ शुभकामना चोक बस्दै आएकी रन्जु शर्मा माथि मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरूले आक्रमण शैलीमा झोला खोसी फरार भएपछि घटना सार्वजनिक भएको थियो।
गम्भीर प्रकृतिको यस घटनापछि तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले २०८२/०८/०९ गते बिहान तारकेश्वर–८ सुकुम्बासी टोलबाट लुटपाटमा संलग्न ४ जनालाई प्रमाणसहित पक्राउ …
काठमाडौं, कात्तिक २९ — जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको बालाजु प्रहरी वृत्त स्थानीय बासिन्दा र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहयोगमा पुनर्निर्माण गरी शुक्रबार एक औपचारिक समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी आत्मा कृष्ण श्रेष्ठ रहे।
समारोहमा माननीय बसन्त मान्धर, माननीय प्रकाश श्रेष्ठ, काठमाडौं–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ, वडा सदस्यहरू, स्थानीय सर्वसाधारण, समितिका संयोजक समाजसेवी शिव भक्ती रजित, पूर्व समिति अध्यक्ष गौतम प्रजाप्रती, पूर्व समिति सदस्य सानु प्रजापति तथा प्रहरी काठमाडौं परिसरका प्रमुख रमेश थापा सहितको उपस्थिति रहेको थियो।
पुनर्निर्माण अभियानमा पत्रकार तथा अभियन्ता राममणि घिमिरे, समाजसेवी तथा अभियन्ता …
कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …








