Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषधसहित २ जना पक्राउ

७ पुष काठमाडौ । पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङको साथबाट डाईजापाम १७, फेनेरागन १७ र नुर्फिन १७ एम्पुल बरामद गरेको छ।

पक्राउ परेका मध्ये श्रीमाया बिक भण्डारीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी बिर बहादुर तामाङलाई ७ दिनको म्याद थप थप गरी लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment